रुस्लानको ५०औं वार्षिकोत्सवमा गल्फ प्रतियोगिता आयोजना हुने

रुस्लानको ५०औं वार्षिकोत्सवमा गल्फ प्रतियोगिता आयोजना हुने

केन्द्रबिन्दु
0
Shares

नेपालकै सर्वोकृष्ट भोड्का रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो ५०औं वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान भोड्का स्थापना कालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको छ। 

यसै अवसरमा कम्पनीले रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) सँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्दैछ । नेपालमै गल्फको सुरुवातकर्ता आरएनजीसीले पनि आफ्नो सञ्चालनको १०७ औं वर्ष मनाउँदै छ । यसै अवसरमा रुस्लान र आरएनजीसी दुवैै मिलेर ‘रुस्लान ५०औं वार्षिकोत्सव गल्फ प्रतियोगिता’ गल्फ प्रतियोगिता आयोजन गर्न लागेकाे हो । 

सो  अवसरमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाले भने, ‘रुस्लानको पाँच दशक यात्रा र आरएनजीसीको १०७ औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न पाउँदा हामी गौरवान्वित छाैं । उत्कृष्टताको साथै यस ब्राण्ड प्रति सहेको विश्वासलाई सदा कायम राख्ने  प्रतिबद्धता दिन्छौं ।’ 

रुस्लान गल्फ प्रतियोगिता यहि कार्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने छ जसमा १३० जना आरएनजीसी सदस्यहरूको प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितालाई रुस्लान र आरएनजीसी दुवैले एकअर्कालाई प्रवर्द्धन गर्न र एक उत्सवको रुपमा मनाउन आयोजना गरिएको हो । 

Logo