महसुल नबुझाएपछि भौतिक मन्त्रालयको काटियो बिजुली

महसुल नबुझाएपछि भौतिक मन्त्रालयको काटियो बिजुली

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको  विद्युत महसुल नतिरेपछि बिजुली काटिदिएको छ।

केन्द्रले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिदिएको हो। केन्द्रका अनुसार मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न बाकी रहेकाे छ।

तर, बिजुली काटिए पनि मन्त्रालयलाई भने असर परेको छैन। मन्त्रालयमा दुई फेज र तीन फेज लाइन जडान गरिएको छ।  पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएकf ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र पारेको छ। 

Logo