नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले भूकम्प पीडितहरूका लागि सहयोग गर्न राहत कोषको स्थापना गरेको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पीडित भएकाहरूलाई सहयोग गर्न इक्यानले राहत कोषको स्थापना गरेको हो ।
उक्त कोषमा तत्काल ५ लाख ६ हजार रूपैयाँ जम्मा गरिएको छ । ईक्यानको कोषबाट ३ लाख १ हजार र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूबाट २ लाख ५ हजार गरी उक्त कोष स्थापना गरिएकाे हो । अन्य सदस्य संस्थाहरूबाट थप सहयोग लिएर कोषमा जम्मा भएको पैसा पीडितहरूलाई प्रदान गरिने इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए ।
इक्यानले आफ्ना सम्पूर्ण सदस्यहरूलाई समेत उद्धार र राहत सहयोग गर्न अपिल गरेको छ ।
इक्यानले स्थापना गरेको कोषमा आर्थिक सहयोग गर्न अपिल गरिएको र उक्त सहयोग रकम पीडितहरूलाई प्रदान गरिने इक्यान अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । राष्ट्रिय विपतको घडिमा सबैले हातमा हात तथा साथमा साथ मिलाएर भुकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउनुपर्ने उनको भनाई छ ।
सहयोग गर्नका लागि संस्थाको आधिकारिक खातामा पैसा जम्मा गर्न सकिनेछ ।





























प्रतिक्रिया