‘रंगोली बनाउ, अर्जित सिंहको कन्सर्ट हेर्न जाउ’

‘रंगोली बनाउ, अर्जित सिंहको कन्सर्ट हेर्न जाउ’

केन्द्रबिन्दु
0
Shares

स्प्यारो एसएमएस नेपालको अग्रणी बल्क एसएमएस सेवा प्रदायक कम्पनीले खल्ती डिजिटल वालेटसँगको सहकार्यमा यसपालीको तिहार आफ्नो ग्राहाक तथा अन्य व्यवसायसँग मनाउन तिहार विशेष रंगोली मेकिंग प्रतियोगिता आयोजना गरेको छ ।

नेपालीहरुको महान चाड तिहारमा घर तथा कार्यलयमा विशेष रंगोली बनाउने चलन रहि आएकोले यस प्रतियोगितामा भाग लिनको लागि कुनै व्यवसाय तथा संस्थाले आफ्नो कार्यलयमा तिहार विशेष  बनाई उक्त रंगोलीलाई फेसबूक, इन्स्ताग्राम, लिंक्डइन, टिकटक जस्ता सामाजिक सन्जालमा ह्यासट्याग स्प्यारो एसएमएस ह्यासट्याग स्प्यारोरंगोली ह्यासट्याग अनिवार्य प्रयोग गरी पोस्ट तथा शेयर गर्नुपर्ने हुन्छ ।

नोभेम्बर १५ सम्म पोस्ट गरिएका रंगोलीहरुलाई रचनात्मक, कलात्मक र धेरै भन्दा धेरै शेयर गरेको आधारमा सहभागिमध्ये एक समूहलाई विजेता घोषणा गरिनेछ । विजेता समूहले नोभेम्बर २५ मा काठमाडाैंको ह्यात रेजेन्सी ग्राउन्डमा हुन लागेको भारतको लोकप्रिय गायक अरिजित सिंहको सांगितिक कन्सर्टको ४ वटा पास पाउनेछ । अर्जित सिंहको नेपालका लागि यो पहिलो भ्रमण हो र उनी नेपाली दर्शकमाझ धेरै नै चर्चित छन् । 

यस प्रतियोगीतामा व्यक्तिगत रुपमा भने सहभागी हुन पाइने छैन सहभागी हुन कुनै कार्यलयमा आवद्ध हुनैपर्ने र रंगोली पनि कार्यलयमै समूहमा बनाएको हुनुपर्ने छ । एकै कार्यालयको विभिन्न समूह, विभाग, शाखाले भिन्न रंगोली बनाएर भने सहभागी हुन पाउनेछन् ।  

रंगोली मेकिंग प्रतियोगितामा सहभागी हुन इन्स्टाग्राम, लिंक्डइन, फेसबुक र टिकटकमा स्प्यारो एसएमएस फलो गर्नुपर्नेछ। यहाँ प्रतिस्पर्धाको लागि नियम र सर्तहरू हेर्न सकिनेछ।

Logo