शौर्य सिमेन्टद्धारा ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ को आयोजना

शौर्य सिमेन्टद्धारा ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ को आयोजना

केन्द्रबिन्दु
0
Shares

शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ । यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्नेछन् ।

प्रतियोगिता विभिन्न तीन चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभागि महिलाहरुले आफ्नो विस्तृत जानकारी एवम आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट र फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाटसएप नम्बर ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिकार नगरपालिकामार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको कम्पनीले जनाएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेको छ ।

फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि छानिने छन् । 

दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्नेछ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योगभित्र नै संचालन हुनेछ ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु छानिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने छ । उनीहरुले बनाएको भएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।

यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई पाँच हजार रुपैयाँ उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

यस प्रतियोगितामा सहभागि हुनको लागि कम्पनीको आधिकारिक वेभसाईट र फेसबुक पेजमा गएर उल्लेखित क्यूआर कोड स्क्यान गरी फारम भर्न सकिने छ । आवश्यक सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक सामाजिक संजालमा प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

Logo