यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ।जसअनुसार, आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेँडा ४० रुपैयाँ र नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँमा बिक्री भइरहेको छ।

यस्तै, आलु रातो ५५ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, सुकेको प्याज ९५ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ।  आज, प्रतिकेजी लोकल गाजर ५०, बन्दा ४५, स्थानीय काउली २५, रातो मूला ४०, सेतो मूला १५, भन्टा लाम्चो २०, तने बोडी ५०, मकै बोडी ४०, मटरकोशा १२०, घिउ सिमी २०, राजमा सिमी १००, भटमासकोशा ७०, तितो करेला ८०, लौका २०, परवल ४५, घिरौँला ४०, फर्सी पाकेको ३०, हरियो फर्सी २०, भिन्डि ८०, बरेला २०, रायो साग २०, तोरीको साग ३०, कन्य च्याउ ७०, डल्ले च्याउ ३५०, कुरीलो १ हजार र काँक्रो ४० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ।

समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ प्रतिकेजी ३२०, केरा १६०, कागती १२०, अनार ४५०, कालो अंगुर ४००, सुन्तला भारतीय १००, तरबुजा ६०, मौसम ९०, मेवा नेपाली ५०, किवी १५० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ।

Skip This
Skip This
Logo