माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।
कम्पनीको बिहीवार बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । बैंक-वित्तीय संस्था सम्बन्धि ऐन बाफियाको प्राबधान अनुसार संचालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएसँगै रिक्त रहेको पदमा केसीलाई नियुक्त गरिएको हो ।
केसी विगत ९ वर्ष देखि बैंकिङ क्षेत्रमा आबद्ध छन् । २०७४ वैशाख १४ देखि २०७५ पुष २० माछापुच्छ्रे बैंककै अध्यक्षमा रहेका उनी पछि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवं अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएका छन् ।





























प्रतिक्रिया