चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

केन्द्रबिन्दु
0
Shares

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी भारतीय चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेष्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’को रनर अफको रुपमा सम्मानित भएको छ । 

एसियाभरका बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

आईएमई लाइफ नेपालमा बीमाको दीगो विकास रणनीति तथा बीमाको पहुँच बृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधीमा आईएमई लाइफले उत्कृष्ट, नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इण्डियन इन्टिच्यूट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे ।

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले हिजो उक्त अवार्ड ग्रहण गरेका छन् । उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

Skip This
Skip This
Logo