साताकाे पहिलाे काराेवार दिन आज सुनचाँदीको मूल्य बढ्याे

साताकाे पहिलाे काराेवार दिन आज सुनचाँदीको मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे काराेवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ६ सय रूपैयाँले बढेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १६ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १६ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ३ सय ८५ रूपैयाँमा काराेवार भइरहेकाे  छ। त्यसैगरी आज चाँदीको मूल्य ३५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएकाे चाँदी आज तोलामा १ हजार ४ सय ८५ रुपैयाँमा काराेवार भएको महासंघले जनाएको छ।  

Logo