विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। 

भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरेका हुन्। 

उनले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरुको शीघ्र कार्यान्वयनका निम्ति नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेकाे अर्थ मन्त्रालयले जनाएको छ। 

बैठकमा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गरेका थिए। त्यस अवसरमा दुवै पक्षले आपसी सहयोग र सहकार्यका बारेमा पनि छलफल गरेका थिए। 

अर्थमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय,  विभाग एवं निकायका साथै भारतीय दूतावासका सम्बन्धित अधिकारीको सहभागिता थियो।  

Skip This
Skip This
Logo