धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई 'साम्पाङ'ले विद्युत प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न आग्रह गरेका छन् ।
विद्युत बक्यौता तिर्न बाँकी रहेको भन्दै नेपाल विद्युत प्राधिकरण,धरान वितरण केन्द्रले धरान उपमहानगरपालिकाका विभिन्न स्थानमा सडक बत्तीको लाइन काट्न थालेपछि आज विज्ञप्ति मार्फत नगरप्रमुख राईले लाइन नकाट्न प्राधिकरणलाई आग्रह गरेका हुन् । उनले सडकमा बत्ती नबाल्दा अपराधिक समुहबाट विभिन्न घटनाहरु हुनेतर्फ मध्यनजर गरी लाइन छोड्न प्राधिकरणलाई अनुरोध गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘सडक बत्तीको बक्यौता नतिरेको कारण देखाई धरान स्थित विभिन्न सडकका बत्तीहरुमा लाइन काटेकाले उक्त इलाकामा अपराधिक मानसिकता भएका व्यक्तिहरुबाट चोरी, डकैती, लुटपाटजन्य गतिविधि बढ्ने साथै दुर्घटना समेत हुने भएको हुँदा उक्त आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सडक बत्तीको विद्युत नकाटिदिनहुन अनुरोध छ ।’
त्यस्तै प्रमुख राईले सरोकारवालासँग समन्वय गरी तिर्नुपर्ने प्राधिकरणको बक्यौता तिर्ने पनि उल्लेख गरेका छन् । ‘सडक बत्तीको तिर्नुपर्ने बक्यौता रकमका लागि सम्बन्धित मन्त्रालय लगायतका निकायहरुसँग समन्वय र सहकार्य गरी उक्त बक्यौता रकमबारे आवश्यक कारवाही गरिने व्यहोरा जानकारी गराउँछु,’ उनले भनेका छन् ।































प्रतिक्रिया