बीवाइडीले बनायो ६० लाख यूनिट कार, तीन महिनामै १० लाख उत्पादन

बीवाइडीले बनायो ६० लाख यूनिट कार, तीन महिनामै १० लाख उत्पादन

केन्द्रबिन्दु
0
Shares

चिनियाँ ब्राण्ड बीवाइडीले ६० लाख यूनिट न्यू इनर्जी भेहिकल उत्पादन पुरा गरेको छ । कम्पनीले आफ्नो ६० लाख औँ यूनिटमा ‘फेङ चाङ बाओ’ सहायक ब्राण्डको बाओ-५ मोडलको उत्पादन गरेको हो ।

कम्पनीले ६० लाख यूनिट उत्पादन पुरा गरेको अवसरमा बनाएको बाओ-५ एक अफरोड एसयूभी हो । कम्पनीले पछिल्लो १० लाख यूनिट कार केबल तीन महिनामा उत्पादन पुरा गरेको हो ।

बीवाइडीसँग अहिले चीनमा ९ वटा उत्पादन प्लान्ट रहेका छन्। कम्पनीले यी प्लान्टहरु चीनको फरक फरक राज्यमा बनाएको छ । साथै, बीवाइडीका उत्पादन अहिले विश्वका चीनसहित ५८ देशमा उपलब्ध छन्। कम्पनीले निकट भविष्यमा नै थाइल्याण्ड र ब्राजिलमा पनि प्लान्ट संचालनमा ल्याउने तयारी गरिरहेको छ।

झण्डै १३ वर्षमा १० लाख यूनिट न्यू इनर्जी भेहिकल उत्पादन गरेको बीवाइडीले बाँकी ६० लाख यूनिट कार उत्पादन केबल ३० महिनामा अर्को ५० लाख यूनिट कार उत्पादन गरेको हो ।

Logo