एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छः सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छः सांसद सिंह

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिद बिक्रीमा कर छली भएको दाबी गरेका हुन्। “जुन कम्पनीको वार्षिक रु ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी रु साढे छ अर्बमा कसरी बिक्री हुन्छ? यो पत्याउन सकिन्न”, सांसद सिंहले भने। 

सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर रु एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात रु एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो। तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् रु साढे छ अर्बमा बिक्री गरिएकोप्रति उनले शंका व्यक्त गरे। 

Logo