११ असार २०७९ शनिबार
1
1
1
1

राष्ट्र बैंकका नयाँ गभर्नर अधिकारीले लिए सपथ

1
1
1
1

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

गभर्नर अधिकारीले मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणाबाट सपथ लिएका हुन् । अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको १७ औँ गभर्नरका रुपमा नियुक्त गरेको थियो । गभर्नर अधिकारीले वालुवाटारस्थित कार्यालयमा पदबहाली समेत गरेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले अधिकारीसहित बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव डा.राजन खनालको नाम गभर्नरका लागि सिफारिस गरेको थियो ।

ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले अधिकारीलाई आगामी पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो । अधिकारी यसअघि पनि गभर्नरमा सिफारिसमा परेका थिए । उनी निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपाल र गोपाल काफ्लेसँगै गभर्नरमा सिफारिस भएका थिए । तर नेपाललाई सरकारले गभर्नर नियुक्त गरेको थियो ।

प्रकाशित: २५ चैत २०७६ १४:०६ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी