नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १८ हजार ६ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज २ सय रूपैयाँले बढेर १ लाख १८ हजार ८ सय रूपैयाँ कायम भएको हो ।
साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। बिहीबार १ हजार ४ सय ८० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया