प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपाली भान्छामा के असर पर्ला ?

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपाली भान्छामा के असर पर्ला ?

केन्द्रबिन्दु
0
Shares

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो।

भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत एक सूचना जारी गर्दै ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध गरिएको जनाएको छ। भारत विश्वमा प्याज निर्यात गर्ने सबैभन्दा ठूलो देशमध्ये पर्छ तर भारतीय बजारमै प्याजको मूल्य बृद्धि भएपछि सरकारले कर लगाएर निर्यात निरुत्साहित गर्न लागेको हो। 

यसैबीच,नेपाल सरकारले कृषि उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै व्यापारीहरूले काठमाडौँ उपत्यकामा तरकारी बिक्री गर्न बन्द गरेका छन्। भारतले यसअघि गत भदौमा प्याज निर्यातलाई निरुत्साहन गर्न निर्यातमा ४० प्रतिशत भन्सार शुल्कको घोषणा गरेको थियो।

Skip This
Skip This
Logo