नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १६ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख १६ हजार रूपैयाँ कायम भएको हो।
साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार ४ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेकाे छ। मंगलबार १ हजार ४ सय १० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १० रूपैयाँले घटेर १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
प्रतिक्रिया