आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्थानान्तरण

आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्थानान्तरण

केन्द्रबिन्दु
0
Shares

आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका–१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्थानान्तरण गरेको छ ।

कार्यालयकाे आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले उद्घाटन गरे । स्थानान्तरित शाखा कार्यालयबाट आजदेखि कारोबार सुरू गरिएको कम्पनीले जनाएको छ । 

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेलगायत अन्य कर्मचारीहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू र स्थानीयको उपस्थिति थियो ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवासुविधा प्राप्त गर्ने विश्वास कम्पनीको छ ।

Logo