‘शोरुम आयो, लेभनिङ पायो’ स्कीमका विजेता नागेन्द्र खड्गीलाई स्कुटर

‘शोरुम आयो, लेभनिङ पायो’ स्कीमका विजेता नागेन्द्र खड्गीलाई स्कुटर

केन्द्रबिन्दु
0
Shares

नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्टहरु बिक्री वितरण गर्दै आएको छ।

दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले दशैं, तिहार तथा छठ पर्व स्कीम ‘शोरुम आयो, लेभनिङ पायो’ नामक सार्वजनिक गरेको थियो, जसमा ८० भन्दा बढी सेवाग्राहीले भाग लिएका थिए । ८० जना मध्येबाट नागेन्द्र खड्गी विजेता बनेका छन् । 

कम्पनीले खड्कीलाई सोरुममा बोलाएर लेभनिङ एलएक्स ०२ स्कुटर प्रदान गरेको हो ।

फेसबुक लाइभमा गएर सहभागिहरुको नाम लिस्टिङ् गरि लक्की ड्रमार्फत विजेता चुनेको कम्पनीले जानकारी दिए । कम्पनीले ल्याएको यो स्कीम लेभनिङको नेपालभर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध रहेको थियो ।

ईभी मोटर्स नेपालले हाल लेभनिङका नौ वटा मोडेलका विद्युतीय स्कुटर र एउटा विद्युतीय साइकल नेपाल भित्र्याएको छ । कम्पनीले हाल एलएक्स ०१, एलएस ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०५डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स र एलएसक्स ०८ मोडेलका विद्युतीय स्कुटर बिक्री गरिरहेको छ ।

कम्पनीले उपलब्ध गराउने यी विभिन्न मोडेलका स्कुटरको मूल्य दुई लाख ८५ हजारबाट सुरु भएर ५ लाख ५९ हजार रुपैयाँसम्म रहेको छ । यी विभिन्न मोडेलमा कम्पनीले दुई वर्षको वारेन्टी दिएको छ । साथै मोटर, ब्याट्री र कन्ट्रोलरमा समेत दुई वर्षको वारेन्टी पाउन सकिनेछ ।

Logo