नेपाल ल्युब आयलले ३० प्रतिशत लाभांश दिने, साधारण सभा कहिले?

नेपाल ल्युब आयलले ३० प्रतिशत लाभांश दिने, साधारण सभा कहिले?

केन्द्रबिन्दु
0
Shares

नेपाल ल्युब आयलले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत २५ प्रतिशत बोनस सेयर र कर सहित ५ नगद गरी कुल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

कम्पनीले गत वर्ष पनि ३० प्रतिशत लाभांश वितरण गरेको थियो। यस्तै, कम्पनीले प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते साधारण सभा समेत बोलाएको छ। सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान ११ बजे सुरू हुने कम्पनीको भनाइ छ। 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस ९ गतेसम्म कायम सेयरधनीहरूले कम्पनीको लाभांश पाउनेछन्।

Logo