हेटौंडा सिमेन्टलाई एक बोरामै १५० रुपैयाँ घाटा

हेटौंडा सिमेन्टलाई एक बोरामै १५० रुपैयाँ घाटा

केन्द्रबिन्दु
0
Shares

सरकारी सिमेन्ट कम्पनी हेटौंडा सिमेन्टले प्रति बोरा १ सय ५० रुपैयाँ घाटा बेहोरीरहेको छ । 

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले मंगलबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बजार प्रतिष्पर्धा गर्न नसक्दा उद्योगको घाटा बढेको बताएका छन् ।

प्रविधिको सुधारमा लगानी बढाउन नसक्दा उद्योग धरासायी भएको उनले जिकिर गरेका छन् । ‘हेटौंडा सिमेन्ट उद्योगको प्राविधिक अवस्था राम्रो छैन । करिब ४० वर्ष पुरानो टेक्नोलोजी, मेसिनले नयाँ प्रविधिका उत्पादनसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ ? प्रति बोरा १ सय ५० रुपैयाँ घाटा हुने गरेको छ,’ उनले भने, ‘यस्तै हामीसँग भएको प्रविधिको विद्युत खपत बढी छ, उत्पादन कम छ । अहिलेको नयाँ प्रविधिको ठिक उल्टो छ ।’

समितिको बैठकमा हेटौंडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल भएको थियो । 

Skip This
Skip This
Logo