गरिमा विकास बैंकका सेयरधनीहरुले कति पाउने भए लाभांश ? भयाे यस्ताे निर्णय

गरिमा विकास बैंकका सेयरधनीहरुले कति पाउने भए लाभांश ? भयाे यस्ताे निर्णय

केन्द्रबिन्दु
0
Shares

गरिमा विकास बैंकले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बैंकको सञ्‍चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ५१ करोड ८७ लाख रुपैयाँ बराबरको लाभांश दिने निर्णय गरेको हो। 

जसमध्ये ९.५० प्रतिशतका दरले हुन आउने ४९ करोड २८ लाख ३० हजार रुपैयाँ बराबर बोनस सेयर रहेको छ भने ०.५० प्रतिशतका दरले हुन आउने २ करोड ५९ लाख ३८ हजार रुपैयाँ बराबरको (कर प्रयोजनार्थ) नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पास भएपश्‍चात लगानीकर्ताले पाउनेछन्।

Logo