बैङ्कहरूको ब्याजदर निरन्तर घट्दै गइरहेकाे छ।
पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर थप घट्दै गएको हो। नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नीतिगत दरहरू घटाएको छ। यस्ता कारणले पनि बैङ्कहरू ब्याजदर घटाउँदै आएका छन्।
बैङ्कहरूले निक्षेपको ब्याजदर पनि घटाउँदै आएका छन्, यसले उनीहरूको लागत पनि घटेको छ । यता, कर्जाको ब्याजदर पनि सस्तिन थालेको छ। केही समय अघिसम्म ८ प्रतिशतसम्म रहेको मुद्दती निक्षेपको ब्याजदर अहिले घटेर ७ प्रतिशतसम्म आइपुगेको छ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैङ्कले बैंकदर घटाएको छ। योसँगै बैङ्कहरूले पनि ब्याजदर घटाएका हुन् । केन्द्रीय बैङ्कले यस्तो ब्याजदर ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशतमा झरेको छ।
यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत कायम गरेको छ। यता, निक्षेप सङ्कलन बोलकबोल दरलाई पनि ३ प्रतिशतमा झारेको छ। यसअघि भने यस्तो दर ४.५ प्रतिशत थियो।
यसका साथै पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ, जसले ब्याजदर घट्दो क्रममा नै छ। विशेषगरि राष्ट्र बैङ्कले नीतिगत दरलाई घटाएसँगै बैङ्कहरूलाई ब्याजदर घटाउन टेवा पुगेको हो।
यसरी बैङ्कहरूले ब्याजदर घटाउँदा उनीहरूको लागत पनि घटेको छ, जसको असर बैङ्कहरूको आधार दरमा पनि परेको देखिन्छ। हाल बैङ्कहरूको औसत आधार दर (बेस रेट) पनि एकल अङ्कमा (सिङ्गल डिजिटमा) झरेको छ। पछिल्लो अपटेडअनुसार हाल बैङ्कहरूको बेस रेट औसतमा ९.८५ प्रतिशत छ।
हाल १३ वटा बैङ्कहरूको आधार दर एकल अङ्कमा देखिएको छ। पछिल्लो अपडेट अनुसार हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, नबिल, एभरेष्ट, सानिमा, सिद्धार्थ, ग्लोबल आइएमई, एनएमबि, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, नेपाल एसबिआई र प्रभु बैङ्कको आधार दर एकल अङ्कमा छ। यी बैङ्कहरूको आधार दर १० प्रतिशत भन्दा कम छ।
बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन्। यसका आधारमा अहिले १३ बैङ्कले सस्तो ब्याजमा ग्राहकलाई ऋण उपलब्ध गराउन सक्ने अवस्थामा देखिएका हुन्। सबैभन्दा सस्तो ब्याजमा पैसा चलाउनेमा भने स्ट्याण्डर्ड चार्टर्ड, आरविवि, नेपाल बैङ्क, नबिल र एभरेष्ट बैङ्क देखिएका छन्।
तर, सात वटा बैङ्कको आधार दर भने अझै दोहोरो अङ्कमै छ। हाल सिटिजन बैङ्क, प्राइम, एनआईसी एशिया, लक्ष्मी सनराइज, कुमारी र हिमालयन बैङ्कको आधार दर दोहोरो अङ्कमा देखिएको हो।
कुन बैंकको आधार दर कति ?






























प्रतिक्रिया