सामसङको ग्यालेक्सी एस २३ अल्ट्रा अब इन्स्टा फाइनान्स सुविधामा किन्न पाइने भएको छ । सामसङले बिना कुनै झन्झट क्रेडिट कार्ड बिना शून्य प्रतिशत ब्याजदरमा फोन उपलब्ध गराउन लागेको हो ।
उच्च ब्याजदर तथा क्रेडिट कार्डको आवश्यकतालाई अन्त्य गर्दै सामसङले यस्तो अफर ल्याएको हो । यो अफर निश्चित समयका लागि मात्र भएकाले सामसङले धेरै भन्दा धेरै मानिसहरुले यो अफरको सदुपयोग गर्न भनेको छ ।
पैसाकै कारण आफ्नो मन परेको फोन किन्नबाट बञ्चित नहोउन् भनेर सामसङले ग्यालेक्सी एस २३ अल्ट्रा खरिद गर्दा इन्स्टा फाइनान्सको सुविधा ल्याएको हो । 'अब तपाईंको आफ्नो सपनाको फोन किन्नबाट एक क्लिक मात्र टाढा हुनुहुन्छ । आजै आफूलाई मन पर्ने फोन खरिद गरेर मोबाइल इनोभेसनको हिस्सा बन्नुहोस्।' कम्पनीले भनेकाे छ ।
इन्स्टा फाइनान्स अफरले सबै पृष्ठभूमिका मानिसहरुलाई जोड्दै सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा फोन किन्ने ढोका खोलिदिएको छ ।































प्रतिक्रिया