आईएमई मोटर्सले बिनाधितो ८० प्रतिशत फाइनान्समा दोस्त सिरिजका पिकअप उपलब्ध गराउने

आईएमई मोटर्सले बिनाधितो ८० प्रतिशत फाइनान्समा दोस्त सिरिजका पिकअप उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले बिनाधितो ८० प्रतिशत सम्मको फाइनान्समा दोस्त सिरिजको पिकअप उपलब्ध गराउने भएको छ । 

यस योजनाअन्तर्गत बिनाधितो कुनै पनि दोस्त सिरिजको गाडी ८० प्रतिशत सम्मको फाइनान्स सुविधामा खरिद गर्न सकिने छ । सुलभ ब्याजदरमा प्राप्त हुने सो सुविधामा ग्राहकले विभिन्न सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

हाल ड्राइभिङ पेशामा संलग्न रहेका, तर आफ्नो कार्यबाट सन्तुष्ट नभएका र आफ्नै व्यवसाय संचालन गर्न चाहने व्यक्तिहरुलाई लक्षित गरेर कम्पनीले यो योजना ल्याएको हो ।  

दोस्त एलसीभी नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो र धेरै माइलेज दिने एलसीभी भएको कम्पनीको दाबी छ । अशोक लेल्यान्डका गाडीहरुमा हाल ५ वर्षको वारेन्टी उपलब्ध छ ।

Logo