नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड ‘अक्सविन’ को इलेक्ट्रिक स्कुटर भित्रिने भएको छ। नेपालका लागि आधिकारिक वितरकको रुपमा रिवेल भेइकल प्रालिले सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने भएको हो।
कम्पनीका अनुसार यो स्कुटर सिंगल ब्याट्री र डबल ब्याट्री प्याकमा उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा ५५ किलोमिटर र ११० किलोमिटर दुरी पार गर्न सक्छ।
यसमा ६ हजार वाट क्षमताको मोटर हुनेछ भने ७२ भोल्ट २४ एएचको डबल ब्याट्री उपलब्ध हुनेछ। यसको मूल्य ३ लाख ९० हजार रुपैयाँ तोकिएको छ।





























प्रतिक्रिया