हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजअन्तर्गत सिल्भर ओक नामक हृवाइट स्पिरिटमा नयाँ ब्राण्ड बजारमा ल्याएको छ। नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिएको छ।
नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको प्रतिबद्धता झल्काउने जनाएको छ। गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यस अघि नै कम्पनीले बजारमा ल्याइसकेको छ।
प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीलाई प्रतिनिधित्व गर्दै आएको जनाएको छ। उपभोक्ता केन्द्रित इन्नोभेसनमा मजबुतीका साथ कार्य गर्ने गरेको हिमालयन डिस्टिलरीका सीईओ निरज सुवेदीले बताए।
सिल्भर ओकले उपभोक्तालाईे छुट्टै स्वादसँगै बजारमा कम्पनीको उपस्थितिलाई उल्लेखीय बनाउने उनको भनाइ छ। उच्चस्तरको शुद्धता प्राप्तीका लागि टुवेल-कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ईएनए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरीएको कम्पनीले जनाएको छ।
सिल्भर ओकलाई स्मुथ फिनिशिङका लागि क्राफ्ट गरिएको छ। हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ।





























प्रतिक्रिया