‘सनसिल्क दसैं भाइब्स- ३’ का विजेता घोषणा, विजेताले पाए १ लाख रुपैयाँ

‘सनसिल्क दसैं भाइब्स- ३’ का विजेता घोषणा, विजेताले पाए १ लाख रुपैयाँ

केन्द्रबिन्दु
0
Shares

युनिलिभरको ब्रान्ड सनसिल्कले दसैंको अवसरमा आयोजना गरेको ‘सनसिल्क दसैं भाइभ– ३’ प्रतियोगिताका विजेता घोषणा गरिएको छ।

यो डिजिटल अभियानमा सजिना खनाल, सुस्मिता बन्जारा र विजया प्रधानलाई विजयी घोषणा गरिएको छ। यो प्रतियोगितामा चार हजार ४८५ जनाले भाग लिएका थिए।

विजेतालाई प्रतिव्यक्ति १ लाख रुपैयाँ पुस्कार प्रदान गरिएको छ। उनीहरूले सनसिल्क प्याकमा प्रस्तुत हुने मौका पनि पाउनेछन्। त्यस्तै, तीनै जनाले युनिलिभिरका ब्रान्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै उभिएर ‘ग्याङ अफ सनसिल्क गर्ल्स’ मा सहभागिता जनाउनेछन्।

विजेता घोषणा गर्न पाउँदा खुशी लागेको युनिलिभर नेपालका मार्केटिङ प्रमुख सौरभ करन्जीतले बताए। उनीहरू स्थानीय चाडपर्व र संस्कृतिसँग जोडिएको हेर्न चाहेको उनको भनाइ थियो।

Skip This
Skip This
Logo