नाडाको आगामी नेतृत्व र कार्यसमिति नै सर्वसम्मत, को-को चुनिए ?

नाडाको आगामी नेतृत्व र कार्यसमिति नै सर्वसम्मत, को-को चुनिए ?

केन्द्रबिन्दु
0
Shares

अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी नेतृत्व र कार्यसमिति नै सर्वसम्मत चुनिएको छ ।आज बसेको नाडाको बैठकमा आवश्यक संख्याले मात्र मनोनयन दर्ता गरेपछि अध्यक्षसहित सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत चयन भएको हो ।

अध्यक्षमा करण चौधरीको पक्षमा यसअघि नै सहमति जुट्दा कार्यसमितीमा साधारण सदस्यका तर्फबाट राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, मिलनबाबु मल्ल, बिक्रम सिंहानिया, पंकज अग्रवाल, यमुना श्रेष्ठ, प्रदिपमान प्रधान, कपिल शिवाकोटी, प्रकाश कपुरी, दिपेन्द्रकुमार मिश्रा, रिद्धि कार्की, नवराज भुसाल, सौरभ थापा र संजयकुमार खेतान सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै, संस्थागत सदस्यका तर्फबाट सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेज नारायण शाह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबााइल एसोसिएसन) र कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुस्करराज ओझा (सुदुर पश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्यमा चयन भएका छन् ।

नयाँ कार्यसमितीमा साधरण सदस्यका तर्फबाट चयन भएका मध्ये ५ जना नयाँ अनुहार छन् भने १२ जना पुरानै कार्यसमितिबाट आएका हुन् । कार्यसमितिमा चयन भएका नयाँ सदस्यमा दिपेन्द्र मिश्र, रिद्धि कार्की, नवराज भुसाल, सौरभ थापा र संजयकुमार खेतान छन् । जसमध्ये सौरभ थापाबाहेक वाँकी ४ जना स्पेयर पार्ट्स व्यवसायमा संलग्न हुन् ।

मिश्र सत्यदीप ग्रुपका संचालक हुन् । यो ग्रुपले नेपाल गोल्ड ब्रान्डको लुब्रिकेन्ट्सलाई स्वदेशमै उत्पादन गर्दै आएको छ भने मिन्डा, वोस, एमके सहित एकदर्जन वढी ब्राण्डका स्पेयर पार्ट्स तथा केज ब्रान्डको ब्याट्री, मोटुल लुब्रिकेन्ट्स र मेभोक्स हेल्मेट आयत गरी बिक्री गर्दै आएको छ ।

सदस्यमा चयन भएका अर्का व्यवसायी रिद्धि कार्की टिभिएस, अटोसेल, मोन्रो, जेन, सिन्डिकेट र एसकेएफ लगायत ब्राण्डको आयतकर्ता श्रीदुष इन्टरनेश्नलका प्रवन्ध निर्देशक हुन् । यसैगरी नवराज भुषाल नेतृत्वकाे रिता अटोमोबाइल्सले स्पाइसर, टोयो, टिभिएस गिर्लिङ, भेलिओ, रेम्सन्स, हेलिकोर्ड र रिको सहित दुई दर्जन बढी ब्रान्डका स्पेयर पार्टस आयत गरी कारोवार गर्दै आएको छ ।

सदस्यमा चुनिएका अर्का व्यवसायी संजयकुमार खेतान हिमांशु इन्टरनेश्नलका संचालक हुन् । उनको यो कम्पनीले केवाईबी ब्राण्डको शक एब्जर्वरसहित अन्य थुप्रै ब्राण्डका स्पेयर पार्ट्स आयत गरी कारोबार गर्छ ।

नयाँ नेतृत्व चयनका लागि नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ । तर, आगामी नेतृत्व र कार्यसमिति नै सर्वसम्मत चुनिएपछि चुनाव नै नहुने स्थिति बनेकाे छ । अब नयाँ कार्यसमितिको पहिलो बैठकले यी सदस्यहरु मध्येबाट पदाधिकारी चयन गर्ने छ । 

Skip This
Skip This
Logo