विन्ध्यवासिनी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

विन्ध्यवासिनी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

सोमबार विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

जसअनुसार विन्ध्यवासिनी हाइड्रोपावरले ५.२६% नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष नाफाबाट उक्त लाभांश पारित गर्ने भएको छ।

यस कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ र यस कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ। 

यसैगरी सुपर मादी हाइड्रोपावरले लगानीकर्तालाई २ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीले गत वर्षको कर बाहेक नाफाबाट उक्त लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

यस हाइड्रोपावरले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ। सभा होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

Logo