नेपाली ईभी प्रेमीले निकै नै रुचाएको एमजी जेडएस ईभी आगलागी घटना ‘विद्युतको तार शर्ट’को कारण खुलेको छ ।
नेपालका लागि एमजी जेडएस ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक विज्ञप्ती जारी गर्दै घटनामा जलेको गाडी विद्युत प्रबाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरेर चार्जमा राखेको अवस्थामा एक्कासी विद्युतको तार शर्ट भएर आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको जानकारी दिएकाे हाे ।
ईभीमा आगलागी भएको यो घटना विश्व परिवेशका लागी नौलो नभएपनि नेपालका लागी भने पहिलोपटक हो । त्यसकारण पनि चर्चामा रह्यो । पुस ८ गते अर्थात् क्रिसमस इभको साँझ राजधानीको बूढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको जेडएस ईभी गाडीमा भएकाे आगलागीसम्बन्धी घटनामा विभिन्न सञ्चार माध्यममा विभिन्न समाचार प्रकाशन भएपछि त्यसको ध्यानाकर्षण जनाउँदै कम्पनीले आज उक्त जानकारी दिएको हो ।
उक्त घटनाको जानकारी भएपश्चात तत्काल सोही दिन कम्पनीका प्राविधिक कर्मचारी समेतको टोली स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरेको कम्पनीले जनाएको छ ।































प्रतिक्रिया