बोटलर्स नेपाल तराईको बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ। यस कम्पनीले शुक्रबार पुस २० गते बुक क्लोज गर्दैछ। तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ। सभा सोल्टि होटल, काठमाडौंमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ।





























प्रतिक्रिया