नेपालमा एक्साइड ब्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सञ्चालन गरेको अटोमोटिभ एवं इन्डस्ट्रियल ब्याट्री योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरलाई उपहारस्वरूप गरिएकाे युरोप भ्रमण सम्पन्न भएको छ।
७ रात ८ दिनका लागि उपलब्ध भ्रमणमा सिप्रदी स्टाफ मोटिभेसनमा निर्धारित लक्ष्य हासिल गर्न सफल ५ जना कर्मचारीलाई पनि समावेश गरिएको कम्पनीले जनाएको छ। युरोप भ्रमण फ्रान्स, बेल्जियम, नेदरल्यान्ड, जर्मनी र स्विजरल्यान्डलगायत मुलुकमा गराइएको हो।
भ्रमणका क्रममा एक्साइड ब्याट्रीका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले टोलीको नेतृत्व गरेका थिए। युरोप भ्रमणमा बिन्दवासिनी ट्रेड्र्स, रक्षा सप्लायर्स, आरबी इलेक्ट्रिकल्स, तिरुपति बालाजी टायर वल्र्ड प्रालि, बानेश्वर इलेक्ट्रिकल्स एन्ड सप्लायर्स, इजी पावर सोलुसन ट्रेडर्स, जेएस ट्रेड लिंक प्रालिका प्रतिनिधि सहभागी थिए।
यस्तै, ब्याट्री वल्र्डतर्फ उग्रतारा ट्रेडिङका प्रतिनिधिले पनि युरोप भ्रमणको मौका पाएको कम्पनीले बताएको छ।
भ्रमण क्रममा टोलीले आइफल टावर (फ्रान्स), मन्नेकेन पिस पिस (बेल्जियम), वुडन एन्ड चिज फ्याक्ट्री (नेदरल्यान्ड), माउन्ट टिटलस (स्विजरल्यान्ड) अवलोकन गरेका थिए । युरोप भ्रमणपछि वरिष्ठ महाप्रबन्धक तिवारीले उनीहरुलाई कार्यक्रमलाई सफल बनाउन सहयोग गरेबापत उपहारस्वरुप मायाको चिनोे प्रदान गरेको कम्पनीले जनाएको छ।
एक्साइड नेपालको नम्बर १ ब्याट्री ब्राण्ड हो। यस ब्राण्डको विशेषतःचार पाङ्ग्रे, दुई पाङ्ग्रे, सोलार र इन्भर्टर तर्फ लक्षित छ। मुलुकभर बिक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहकवर्गलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आइरहेको छ। यसकै फलस्वरुप एक्साइडको व्यापार निरन्तर अभिवृद्धि भई यसले नेपाली बजारमा अग्रणी स्थान हासिल गर्न सफल भएको हो। एक्साइड ब्याट्रीको नेपालमा आधिकारिक बिक्री वितरण गर्ने प्रख्यात व्यापारिक घराना सिप्रदी ट्रेडिङ्गले विगत लामो समयदेखि गरिरहेको छ।





























प्रतिक्रिया