दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए पदबाट राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए पदबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेपछि उनले मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा समक्ष राजीनामा पत्र बुझाएका हुन् । 

तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको ६ साउन २०७६ को मन्त्रिपरिषद् बैठकले खनाललाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । तर, पछिल्लोसमय एमडीएमएस, टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठ्ने र माथिल्लो निकायको दबाब बढेपछि उनले राजीनामा दिएको हुनसक्ने बताइएको छ । 

Skip This
Skip This
Logo