यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजारले आजका लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैयाँ, केरा १३० रुपैयाँ दर्जन, अनार ३०० रुपैयाँ किवी र आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ८० र अम्बा १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, लोकल सानो गोलभेँडा १० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु ३३ रुपैया, रातो भारतिय आलु ३० रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, अकबरे हरियो खुर्सानी ५५० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

यसैगरी, बुधबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ र हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपयाँमा खरिद बिक्र भइरहेको छ।
 
यता, तोरीको साग ४० रुपैयाँ र रायो साग ३० रुपैयाँ छ भने चमसूर, पालूगो  मेथी र सौफको साग ९० रुपैयाँ पर्दछ भने जिरीको साग ८० रुपैयाँमा खरिदबिबक्री भइरहेको छ।

तराई परवर १३० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदीना २२० रुपैयाँ केजी कायम गरिएको छ 

ब्रोकाउली ५० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन ११० र नेपाली सुकेको लसुन २६० रुपैयाँ पर्दछ। डल्ले भान्टा ४० रुपैयाँ लाम्चो भान्टा ३० रुपैयाँ र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँ र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

Logo