एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ। बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएके छ।
बैंकले माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५% ब्याजदर दिने जनाएको छ। उक्त ब्याजदर निर्धारण गर्नको लागि बैंकले २४ महिनादेखि १८० महिनाको लागि निर्धारण गरेको हो।
बैंकको अधिकतम ८.६७% ब्याजदर पुस महिनामा दिँदै आएको छ। माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.२५०% निर्धारण गरेको छ।
यस आधारमा मुद्दति निक्षेपमै बैंकले अधिकतम ८.०६५% र न्यूजतम ६.२५०% मात्र ब्याज दिने भएको छ। मुद्दति निक्षेपको ब्याजदर पनि ८ प्रतिशतकै लाइनमा आएपछि यसबट ऋणीलाई निकै फाइदा पुग्नेछ । तर निक्षेपकर्तालाई भने यसबाट घाटा हुनेछ।






























प्रतिक्रिया