आइएमइ ग्रुपको भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त

आइएमइ ग्रुपको भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त

केन्द्रबिन्दु
0
Shares

आईएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन्।

भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो।

डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आईएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए। पछि फाइनान्स बैंकसँग मर्ज भएपछी बैंक हुँदै ४ वर्ष आईएमई मोटर्स वीरगंजको प्रमुख समेत भएर काम गरीसकेका छन्।

सरकारी जागीर छोडेर बैङ्किङ सेवातिर लागेका उनले बैंकिङ्ग र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान) बाट ईएमबीए समेत गरेका छन्।

आइएमई ग्रुप अन्तर्गतको वित्तिय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो। ३० करोड चुक्ता पूँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्बभन्दा बढी लगानी गरेको छ।

लगातार ४ वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आईपीओ समेत निष्काशन गर्ने तयारी रहेको बुझिएको छ।

Skip This
Skip This
Logo