नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रूपैयाँले घटेकाे हाे।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी पनि घटेकाे छ। मंगलबार १४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले घटेर १४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया