आज सुनकाे मूल्य बढ्याे, चाँदी स्थिर

आज सुनकाे मूल्य बढ्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज ३ सय रूपैयाँले बढेर एक लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। 

तेजाबी सुन १ लाख १८ हजार ९ सय  ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ। आइतबार १४ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि  साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo