आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको आवेदन

आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको आवेदन

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेकोमा १४ जनाले आवेदन बुझाएका छन्। 

मन्त्रालयका अनुसार आवेदन दिनेमा महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौंका उत्तरकुमार रेग्मी, दिलीप शेखर श्रेष्ठ, चितवनका डोलप्रसाद चापागाईं, काठमाडौंका सहदेव चन्द, पंकजकुमार दास, धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, मोरङका माधव रेग्मी र आमोदप्रसाद चौधरी, गोरखाका चण्डिकाप्रसाद, दाङका वसन्तकुमार पाण्डे, बाग्लुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुधनप्रसाद पुडासैनी रहेका छन्।

०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि नियुक्त भएका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मंसिर २६ मा राजीनामा दिएपछि निगमको कार्यकारी निर्देशक पद रिक्त छ।

थानीले कार्यकाल सकिन १५ महिना बाँकी हुँदै राजीनामा दिएका हुन्। मन्त्रालयले गएको पुस ७ मा २१ दिनभित्र आवेदन दिन भनेको थियो। आइतबारससम्म (पुस २९) सम्म १४ जनाको आवेदन परेको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए। 

आवेदन दिएका उम्मेदवारबाट व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण, अन्तर्वार्ता हुन्छ। सोही विधिबाट ३ जना छनोट गरी मन्त्रिपरिषद्मा पेस हुन्छ। तीमध्ये मन्त्रिपरिषद्ले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान हुने मन्त्रालयले जनाएको छ। 

Skip This
Skip This
Logo