माछापुच्छ्रे बैंकको सेयर किन्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन दिन सकिनेछ। बैंकले पुस २५ गतेदेखि संस्थापक सुरेन्द्र महतोको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री गर्न खोेजेका हुन्।
बैंकले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ११५ रुपैयाँ तोकेको छ। यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्। उक्त सेयर संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौँमा के- कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउनुपर्नेछ।































प्रतिक्रिया