पूर्वाधार विकास बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । बैंकको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी सीईओ खतिवडाको राजीनामा स्वीकृत गरेको हो ।
खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका थिए । तर, उनले एक बर्ष कार्यकाल बाँकी छँदै बैंक छाड्ने निधो गरेका हुन् । उनले बैंकसँग यसअघि गरेको सेवा करारलाई निरन्तरता दिन असमर्थ रहेको बताउँदै राजीनामा बुझाएका थिए ।
खतिवडाले खाईपाई आएको तलब सुबिधामा राष्ट्र बैंकले कटौती गर्न खोजेपछि उनले राजीनामा दिएकाे बुझिएकाे छ । राष्ट्र बैंकले निफ्रा सीईओ खतिवडाको तलब सुबिधा राष्ट्र बैंकको गाइलाइन भन्दा अधिक भएकाले तत्कालै सच्याउन निर्देशन दिएको थियो । तर, खतिवडाले भने खाईपाई आएको सुबिधा घट्ने गरि जागिर नखाने अडान राखेका थिए ।
अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय पनि सञ्चालक समितिकाे बैठकले गरिसकेकाे छ ।





























प्रतिक्रिया