माघ १२ गतेदेखि भृकुटीमण्डपमा “छैठौं नेपाल एग्रीटेक” आयोजना हुने

माघ १२ गतेदेखि भृकुटीमण्डपमा “छैठौं नेपाल एग्रीटेक” आयोजना हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको भृकुटीमण्डपमा माघ १२ गतेदेखि “छैठौं नेपाल एग्रीटेक” आयोजना हुने भएकाे छ । 

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन प्रा.ली, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.ली, तथा प्रदर्शनी तथा व्यापार सेवा भारत प्रा.लीद्वारा संयुक्त रुपमा आयोजित उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका सय भन्दा बढी स्टलहरू रहने छ ।

उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू जस्तै कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिचाई, विषादी रहित कृषि इत्यादिका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

प्रदर्शनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रदर्शनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास रहेको छ ।

साथै यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुने तथा देश भरि बाट आउनु हुने कृषकहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।

नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिन देखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशे ढुङ्गा साबित हुने आयोजक कम्पनीको विश्वास छ ।

उक्त प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo