यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८०, कालो अंगुर २८०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५०, लोकल सानो गोलभेँडा १५, अदुवा १५०, रातो आलु ३६, रातो भारतिय आलु ३० रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३५, कागती १४०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३५, लौका ६०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयाँमा खरिद बिक्र हुँदैछ भने तोरीको साग र रायोको साग ४०, चमसूर, पालूगो, मेथी, सौफको साग ९० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, चाइनिज प्याज ६०, हरियो प्याज ११० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०,चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२०,नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा र लाम्चो भान्टा ५० र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ। उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

Logo