माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख नाफा, साढे दुई अर्ब ब्याज आम्दानी

माछापुच्छ्रे बैंकले कमायो ८० करोड ५३ लाख नाफा, साढे दुई अर्ब ब्याज आम्दानी

केन्द्रबिन्दु
3
Shares

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ जसले खुद नाफा प्रभावित भएको हो।यसअवधिमा खुद नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँ, सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँमा सीमित र खराब कर्जा १.२१ प्रतिशतले बढेर २.६२ प्रतिशत पुगेको छ। 

यसैगरी, पुस मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक छ। चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसाले घटेर १३ रुपैयाँ ८६ पैसामा आएको छ। प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ।  

Skip This
Skip This
Logo