ग्रीन भेन्चर्स लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ। सभामा आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबको विषयमा छलफल हुनेछ।
साथै, आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन।
सभा प्रयोजनका लागि यस कम्पनीले पुस २० गते बुक क्लोज गरीसकेको छ। तसर्थ, पुस १९ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन्। सभा बानेश्वर ब्यांकेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।





























प्रतिक्रिया