कुन कुन विकास निमार्णका लागि कति बजेट ?

कुन कुन विकास निमार्णका लागि कति बजेट ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा भौतिक पूर्वाधार निमार्णकाे लागि १ खर्ब ३८ अर्ब बजेट विनियोज गरेको छ । याे रकम सडक, पुल, रेल, सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले राष्ट्रिय राजमार्ग र रणनीतिक सडक निर्माणमा प्राथमिकता दिएको बताए ।

मध्यपहाडी क्षेत्रको पुष्पलाल राजमार्गको बाँकी काम आगामी तीन वर्षभित्र पूरा गर्ने गरि ८ अर्ब २७ करोड बजेट विनियोजन गरिएको छ । तराइका जिल्ला जोड्ने हुलाकी राजमार्ग पनि आगामी तीन वर्षभित्र पूरा गरि आगामी आवमा ७ अर्ब १ करोड बजेट छुट्याएको छ।

निर्माणधीन मदन भण्डारी राजमार्ग आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने ३ अर्ब ७ करोड बजेट छुट्याएको छ । मेची, तमोर, कोशी, तामाकोशी, त्रिशुली, कालीगण्डकी, भेरी, महाकाली करिडोर आयोजना तथा राजमार्गको निर्माण तथा विस्तारका लागि ७ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । तराइ मधेसको समृद्धि सँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि २ अर्ब २६ करोड बजेट छुट्याएको छ ।

त्यस्तै, काठमाडौं—निजगढ द्रुतमार्गका लागि आगामी तीन बर्ष भित्र सम्पन्न गर्ने गरी आगामी वर्ष ८ अर्ब ९३ करोड छुट्याएको छ । नौविसे सुरुङमार्ग र बुटवलको सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने छ । सुरुङमार्गका लागि ६ अर्ब ४२ करोड बजेट छुट्याएको छ । निर्माण सम्पन्न भइ आरामदायी र स्तरोन्नती गर्न सडक बनाउन १६ अर्ब २० करोड बजेट छुट्याएको छ ।

सडक राजमार्गमा २१० पुल सम्पन्न गर्न १० अर्ब ९१ करोड बजेट छुट्याएको छ । पूर्व—पश्चिम विद्युत्तीय रेलमार्ग र रेल सञ्चालन गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै,विपी राजमार्ग, मिर्चैया–कटारी–घुर्मी–सर्लेरी सडक, राप्ती राजमार्ग, कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड र दैलेख, घोराही, थवाङ, मुसिकोट सहिद मार्गको स्तरोन्नतीका लागि बजेट छुट्याएको छ ।

आगामी वर्ष जिल्ला सदरमुकामलाइ सडक सञ्जालमा जोड्न कर्णाली करिडोरलाइ तीव्रता दिइनेछ । हुम्ला सदरमुकामसम्म सडक पुर्याउन र सवै जिल्लामा सडक पुर्याउन ५ अर्ब ५७ करोड बजेट छुट्याएको छ । प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा बढि स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम कार्यान्वयन गर्न ३ अर्ब ३० करोड बजेट छुट्याएको छ ।

Logo