काठमाडौं ।
नेपाल फोटो पत्रकार महासंघलाई नेपाल ईन्भेष्टमेण्ट बैंकले पहिलो चरण अन्तर्गतको २ सय ५० थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ ।
उक्त परिणामको प्रेस ज्याकेट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । महासंघका तर्फबाट केन्द्रीय अध्यक्ष ध्रुब आले र अन्य पदाधिकारीहरुको संयुक्त प्रतिनिधिहरुलाई उक्त परिणामको ज्याकेट हस्तान्तरण गरिएको हो ।
कोरोना महामारीका कारण चलिरहेको लकडाउनको बखतमा फोटो पत्रकारलाई फोटो खिच्न कार्यक्षेत्रमा जानै पर्ने बाध्यात्मक अवस्था भएकाले प्रेस ज्याकेटले रिपोर्टिङ गर्न सजिलो र ब्यवहारिक हुने गरेको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै पछिल्लो समयमा विभिन्न संघसंस्थाहरुले सहयोग गरेको प्रेस ज्याकेट, मास्क र स्यानिटाईजर महासंघले खासगरी जिल्लामा कार्यरत फोटो पत्रकारलाई विभिन्न चरणमा उपलब्ध गराउदै आइरहेकोछ ।






























प्रतिक्रिया