काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग कोरोना भाइरसको महामारीमा पनि सार्वजनिक बोलपत्रका खरिद प्रक्रियाहरु भइरहेकाले यस कार्यलाई पनि स्थगित गर्न माग गरेको छ।
सरोकारवाला निकाय समक्ष पटक पटक ताकेता गर्दा समेत त्यसको विपरित अति आवश्यक र कोभिड १९ सँग सम्बन्धित बाहेकका केही खरिद प्रक्रियाहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका सार्वजनिक निकायहरुले अझै स्थगित नगरेको महासंघले जनाएको छ ।
निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्ति अनुसार अहिलेको विषम परिस्थितिमा आफू खुशी आफ्ना नजिकका व्यवसायीहरुलाई हुने गरी मानवीय स्वास्थ्यलाई समेत ख्याल नगरी बोलपत्रका खरिद प्रक्रियाहरु चलिरहेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न समेत व्यवसायीहरुलाई समस्या रहेको भन्दै महासंघले पूर्ण क्षमतासहित बैंक संचालनमा नभएकोले ती बोलपत्रहरुमा निर्माण व्यवसायीहरु सहभागी हुनबाट बञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिस्पर्धा नहुने ठहर गरेको छ ।
लकडाउनको समयमा समेत अति आवश्यक सेवा र कोभिड १९ सँग सम्बन्धित बाहेकका खरिद प्रक्रियाहरु मध्ये आह्वान भइसकेका बोलपत्रहरुको लकडाउन खुलेको मितिले ७ दिन पछि सम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन समेत माग गरेको छ।





























प्रतिक्रिया