लकडाउनपछि उपत्यकामा खसिको मासु बिक्रि बढ्दै, आयात भने ठप्प

लकडाउनपछि उपत्यकामा खसिको मासु बिक्रि बढ्दै, आयात भने ठप्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले यतिबेला विश्वलाई नै त्रसित बनाएको छ। भाइरसले गर्दा विश्वभरि उद्योग, कलकारखाना, व्यापार व्यवसायसमेत ठप्प रहने गरि लकडाउनमा रहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । त्यसैले चैत ११ गतेदेखि जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको छ।

तर, लकडाउन लम्बिरहँदा उपत्यकामा खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तु तथा खसीको मासु बिक्री बढ्दै गएको छ भने भारतबाट आयात हुने पशुपन्छि, तथा खसी बोका ठप्प हुँदा आन्तरिक उत्पादनले बजारको मागलाई धान्न नसकेको व्यवसायीहरुले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण देखा परेदेखि सरकारले पशुपन्छी आयात गर्दा संक्रमण आउने भन्दै आयात रोकेको थियो । अहिले दुई हप्ता देखि आपूर्ति मन्त्रालयले पुनः खसी बोकाको खरिद बिक्री खुलाएको छ।

काठमाडौं उपत्यकामा लकडाउनपछि खसीको मासुको माग धेरै भएर धान्न गाह्रो भइरहेको लाइभस्टक ट्रेडर्सका अध्यक्ष दीपक थापाले बताए । उनका अनुसार अहिले खसीबजार, लोकन्थली र बागबजारमा दैनिक ३०० वटासम्म खसीबोका बिक्रि भइरहेको छ । उनले भने, लकडाउन हुनुभन्दा पहिले दैनिक १५ सयवटा भन्दा माथि बिक्रि हुने गरेको थियो।

यतिबेला लकडाउनसँगै होटल रेष्टुरेन्ट सबै बन्द भए । करिब १० लाख मानिस उपत्यकाबाट बाहिरिएको अनुमान छ। तैपनि मासुको खपतमा कमी नआएको उनको भनाइ छ। यतिबेला जिउँदो खसीको मूल्यसमेत बढेको छ । केही अघि प्रतिकेजी ५८० देखि ६३० रूपैयाँ प्रतिकिलो किनबेच हुँदै आएको जिउँदो खसी लकडाउनसँगै यतिबेला प्रतिकेजी ७५० रुपैयाँदेखि ८०० रुपैयाँ सम्ममा कारोबार भइरहेको छ । सोही अनुपातमा खुद्रा बिक्री मूल्य पनि अत्याधिक बढ्न थालेको छ।

हाल पसलमा खसीको मासु प्रतिकेजी १५ सयदेखि १७ सय रूपैयाँमा किनबेच हुने गरेको पाएको छ। पुरानो मूल्य प्रतिकेजी १३ सय रुपैयाँ थियो । हाल जिउँदोमा १५० रुपैयाँसम्म बढेको हुनाले खुद्रामा भाउ बढेको व्यवसायी बताउँछन् ।

Logo